भाई बुहारीको हत्या गरेर फरार भएका रौतहटका जितन नुनियाँ पक्राउ

जनकपुर– रौतहटमा भाई बुहारीको हत्या गरी फरार भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको कटहरिया नगरपालिका १ का ५२ वर्षीय जितन महतो नुनिया पक्राउ परेका हुन। प्रहरीका अनुसार जितन आफ्नै भाइकी श्रीमती २२ वषर््ीाया शारदा देवीको हत्या गरेर फरार भएका थिए।

घट्ना २४ पुस ०६५ को हो। तीन दिनपछि शारदाको शव बारीमा गाडिएको अवस्थामा फेला परेको थियो। घटनापछि फरार महतोलाई १६ वर्षपछि पक्राउ गरिएको रौतहट प्रहरीका इन्स्पेक्टर उमाशंकर प्रसादले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट