सिरहामा चुनढुंगा बोकेको टिपरको ठक्करबाट एक जना वृद्धको मृत्यु

लहान– सिरहाको मिर्चैया–कटारी सडकखण्ड अन्तर्गत मिर्चैया नगरपालिका–७ फूलबरिया मंगलबार बिहान टिपरले ठक्कर दिंदा एक जना बृद्धको मृत्यु भएको छ।

उदयपुरबाट चुनढुंगा बोकेर आउँदै गरेको बा. प्र ०१–००४ क २९५३ नम्बरको टिपरले बिहान करिब पौने ६ बजे ठक्कर दिँदा फूलबरिया गाउँका ६५ वर्षीय महेन्द्र महरा रहेको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार महराको घट्नास्थलमै मृत्यु भएको हो। मानिसलाई ठक्कर दिएर अनियन्त्रित भएको टिपर अनियन्त्रित भएर पल्टिएको डीएसपी राज पुरीले वताए।

टिपर चालक फरार भएका छन्। दुर्घटनापछि स्थानीय र मृतकका आफन्तले मिर्चैया कटारी सडकको फूलबरिया खण्डमा अबरोध गरेका छन्। सडकमा टायर बालेर बाटो अबरुद्ध गरिएको छ। ट्राफिक प्रहरीसँगको सेटिङ्मा क्षमताभन्दा बढी चुनढुंगा बोकेर तीब्र गतिमा गुड्ने टिपरका कारण दुर्घटना भएको उनीहरुको आरोप छ।

टिपरका लागि बैकल्पिक सडकको माग उनिहरुले अघि सारेका छन्। बैकल्पिक सडक निर्माणसहित चुनढुंगा बोक्ने टिपरहरुको भारबाहन क्षमता र गति नियन्त्रणका लागि पहल नगरेसम्म शव नबुझ्ने उनीहरुको अडान छ। भन्दै स्थानीयले

स्थानीयका अनुसार मिर्चैयामा रहेका सौर्य र मारुती सिमेण्ट उद्योगमा दैनिक सयौं टिपरहरु तीब्र गतिमा भारबाहन क्षमता भन्दा बढी चुनढुंगा बोकेर गुड्दा पटक–पटक दुर्घटना हुने गरेको छ। प्रचलित व्यवस्था अनुसार छ चक्के ट्रक र टिपरले १० टनभन्दा बढी सामग्री बोक्न बन्देज भएपनि १० टनभन्दा बढी चुनढुंगा बोकेका सयौं टिपर बिना अवरोध संचालन हुँदै आएको स्थानीयको गुनासो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट