पहिलेकी श्रीमतीले छोडेपछि किशोरीसँग प्रेम, भगाएर लाँदा पनि फिर्ता गरेपछि छुरा हानेर ससुराली खलककै हत्या

विराटनगर– भोजपुरको भोजपुर नगरपालिका–२ भाम्राङका राजेन्द्र राईलाई केही समयअघि उनकी श्रीमतीले छोडिन। श्रीमतीले छोडेपछि एक्लै परेका राई यस बीचमा रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीकी १६ वर्षीया मनिषा गिरीसँग प्रेम सम्वन्धमा परे।

यही घट्ना तनावपूर्ण अवस्थामामा पुगेकी शनिवार राति ४ जनाको सामुहिक हत्या भएको खुलासा भएको छ। राईले श्रीमती मनिषा, सुसुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार मनिषालाई राजेन्द्रले भगाएर लगेका थिए। ‘पहिलेकी श्रीमतीले छाडेकी रहिछिन्। त्यसपछि उनीहरूबीच प्रेम भएर भगाएर ल्याएको बुझिएको छ’– श्रेष्ठले भने।

१६ वर्षमै छोरी भगाएर लगेपछि मनिषाकी आमाले गएर फर्काएर ल्याएको पनि खुलिएको छ। त्यसयता मनिषा एक महिनादेखि माइतीमै बसेकी थिइन्। राजेन्द्र करिब चार–पाँच दिनअघि उनलाई लिन ससुराली पुगेका थिए। तर उमेर नपुगेको भन्दै बुवाआमाले छोरी लान दिएनन्।

त्यसैको तनावबीच शनिबार राति करिब १ बजे चार जनाको हत्या भएको हो। प्रारम्भिक बयानमा सुतिरहेका बेला सासूले छुरीले आक्रमण गरेपछि आफूले हातमा भएको छुरी खोसेर चार जनाको हत्या गरेको राजेन्द्रले बताएका छन्।

घटनापछि हुर्बु भञ्ज्याङ निस्किएर आफैंले प्रहरीलाई फोन गरी राईले पक्राउ गर्न खबर गरेका थिए। ‘मैले चारजनालाई छुरी हानेर आएको छु, शायद मरिसके होलान्,’ भन्दै उनले प्रहरीलाई बोलाएका थिए।

प्रहरीले पेटमा दुई–तीन ठाउँ छुरीको चोट लागेको घाइते अवस्थामा राजेन्द्रलाई फेला पारी उपचारका लागि भोजपुर अस्पताल पु¥याएको छ। उनको अवस्था गम्भीर रहेकाले विराटनगर रिफर गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

रातिदेखि नै परिचालित प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि भोजपुर अस्पताल लैजाने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट