झापामा सर्पदंशका कारण १० वर्षीय बालकको मृत्यु

दमक– झापाको कमल गाउँपालिका–४ मा विषालु सर्पले डस्दा एक बालकको ज्यान गएको छ।
वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईका अनुसार स्थानीय करिव १० वर्षीय नवीन विकलाई गएराति सुतिरहेको अवस्थामा सर्पले खुट्टामा डसेको थियो। कालो गोमन प्रजातिको सर्पले टोकेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
नवीन आफ्ना हजुरबुवा–हजुरआमासँग बस्दै आएका थिए। उनका बुवा वैदेशिक रोजगारीका लागि विदेश गएका छन्। सर्पदंशपछि आँगन आसपास खोजी गर्दा दुईवटा सर्प मारेको स्थानीयले बताएका छन्।
मृतक बालक ज्योति आधारभूत विद्यालयमा अध्ययनरत थिए।
प्रतिक्रिया