रंगेलीमा गोली चलाएर ४२५ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगर — मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ गरेको छ।

आइतबार दिउँसो रंगेली नगरपालिका–८ मा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको मोरङ प्रहरी कार्यालयले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरूको साथबाट ४२५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एक भारतीय महिला छन्। भारतीय महिलाको नाम भने खुलाइएको छैन।

घटनास्थलमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोली समेत सक्रिय थियो। ब्यूरोका इन्सपेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोलीले सुराकीको आधारमा रंगेलीमा अपरेशन सञ्चालन गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट