सप्तरीको सप्तकोशीमा खेल्ने क्रममा गेटले किचेर ४ वर्षीय बालकको मृत्यु

फत्तेपुर (सप्तरी) – सप्तरीको सप्तकोशी नगरपालिका–१, खोरियाटोलमा फलामको गेटले किचेर ४ वर्षीय बालकको ज्यान गएको छ।

विहिबार साँझ साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट अचानक लड्दा स्थानीय सञ्जिव कट्वालका छोरा समिर कट्वालको मृत्यु भएको हो।

गेटले किचेर उनी गम्भीर घाईते भएका थिए। बालकलाई उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ। बालकको शव अहिले पोस्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

समिर स्थानीय मदर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत थिए। बालकको असामयिक निधनले परिवार शोकमा डुबेको छ। स्थानीय बासिन्दाले घटनाले समग्र समुदायलाई समेत दुःखी तुल्याएको प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट