सुनसरीको रामधुनीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, एक घाइते

इटहरी — सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बिहीबार साँझ रामधुनी–६ स्थित चतरा–कान्छीचोक सडकखण्डमा विपरित दिशामा जाँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाईकलले चतराबाट इटहरीतर्फ गइरहेको को १४ प ४५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रामधुनी–५ निवासी ५० वर्षीय गणेश राजधामी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा शुक्रबार बिहान करिव साढे १ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय संगम चौधरी पनि घाइते भएका छन्। उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया