श्रीमती हुँदाहुँदै परस्त्रिसँग सम्बन्ध, ३ वर्ष लिभिङ टुगेदरमा बसेपछि प्रेमीकाको हत्याः भाग्दै गर्दा अभियुक्त पक्राउ

राजधानी— बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरमा तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले गएराति प्रेमिकाको निर्मम हत्या गरेका छन्।

प्रेमिका २२ वर्षीया निर्मला थापाको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रकाशले सलले घाँटी कसेर निर्मलाको हत्या गरेका हुन्। बर्दिया घर भएका सुनार विवाहित र दुई सन्तान (एक छोरा र एक छोरी)का पिता हुन।

दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन् भने प्रकाश नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेन पदमा कार्यरत थिए। उनीहरू बेलासपुरस्थित एउटै डेरामा सँगै बस्दै आएको खुलेको छ।

निर्मलाको हत्या गरेपछि प्रकाशले राति २ बजे उनकी बहिनीलाई फोन गरी घट्नाका विषयमा जानकारी गराउँदै प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न जान लागेको बताएका थिए। तर, फरार भए। यद्यपी, निर्मलाकी बहिनीले खबर पाएलगत्तै प्रहरीलाई खबर गरेका कारण उनी भाग्न भने पाएनन्। नेपालगन्जको धम्बोझी नजिकैबाट प्रकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले घटनास्थलबाट निर्मलाको शव, हत्याका लागि प्रयोग गरिएको सललगायतका सामग्री बरामद गरेको छ। शवलाई शनिवारै भेरी अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ।

प्रकाशले प्रहरी समक्ष दिएको बयानमा निर्मलालाई ‘कान्छी श्रीमती’ को रूपमा राखेको बताएका छन्। तर कानुनी रुपमा विवाह भएको प्रमाण फेला परेको छैन। विवाहका लागि पारिवारिक छलफल र सहमति पनि नभएको प्रहरी अनुशन्धानमा खुलेको छ।

निर्मलाको हत्या किन भयो ? भन्ने प्रस्ट खुलेको छैन। परिवारले शनिबार प्रहरीमा जाहेरी दिँदै निर्मलाको जघन्य हत्याका दोषीलाई कडा कारबाहीको माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट