पर्सामा सामान्य विवादमा कुटपिट गरी पत्नीको हत्या, पति पक्राउ

जनकपुर— पर्सामा पत्नीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। जिराभवानी गाउँपालिका–५, शंकरसरैया मुसहर टोलका जितन माझीलाई प्रहरील पक्राउ गरेको हो।
उनले २४ वर्षीया श्रीमती अस्पतलिया देवीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ। शनिबार साँझ वादविवाद हुँदा जितनले श्रीमतीलाई कुटपिट गरेका थिए। अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
घटनापछि जितनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया