उदयपुरका एसपी योगीको सरुवा, को आउँदैछ उदयपुर प्रहरीको कमाण्डमा ?

गाईघाट– उदयपुरका एसपी हरिहर नाथ योगीको सरुवा भएको छ। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा, महेन्द्रनगरमा सरुवा गरी काजमा नेपाल प्रहरी प्रधान कार्यालय, जनसम्पर्क शाखा, नक्सालमा राखिएको छ।

उनको स्थानमा कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एसपी राजन चापागाईलाई जिल्ला प्रहरी कार्यालय उदयपुर पठाइएको छन्। चापागाई यसअघि विभिन्न अपराध अनुसन्धान र प्रहरी गणको प्रशासनिक कार्यमा संलग्न रहँदै आएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार २० जना प्रहरी उपरीक्षकको सरुवा र पदस्थापन गरिएको छ। जसमा ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा भएको हो।

सूचनाअनुसार ऋषिराम कंडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, मानवश्रोत व्यवस्थापन महाशाखा, धनगढीबाट नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा, टेक बहादुर कार्की क्षेत्रीलाई प्रदेश प्रहरी कार्यालय, पोखरा, कास्की, अपराध अनुसन्धान शाखाबाट जिल्ला प्रहरी कार्यालय, तनहुँमा र पदम बहादुर बिष्टलाई प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा, महेन्द्रनगर, कंचनपुरबाट नेपाल प्रहरी पहरा गण, सामाखुशी, काठमाडौंमा पठाइएको छ।

त्यस्तै, बिपिन रेग्मीलाई कोशी प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, विराटनगरबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रबन्ध शाखा, काठमाडौंमा, बरिन्द्र बहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय, तनहुँबाट साईबर व्यूरो, अपराध अनुसन्धान शाखा काठमाडौंमा, भेषराज रिजाललाई साईबर व्यूरो, अपराध अनुसन्धान शाखा काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय, धादिङमा र सरोज पौडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीबाट जिल्ला प्रहरी कार्यालय, बर्दियामा सरुवा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट