सिरहा– नाबालिकाको अश्लील भीडीओ बनाई फेसवुकमा अपलोड गर्ने युवक पक्राउ

काठमाडौँ— सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिकाको चरित्रहत्या गरेको आरोपमा सिरहाका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवक सिराहाको कल्याणपुर नगरपालिका–११ का स्थायी बासिन्दा र हाल काठमाडौँको बबरमहलमा बस्दै आएका २२ वर्षीय जीवन कुमार साह छन्।

साहले फेसबुकमा नाबालिकासँग मित्रता गर्दै म्यासेन्जरमार्फत ललाई–फकाई संवेदनशील अङ्गहरू देखाउन लगाउने, त्यसका स्क्रिनशट र भिडियो रेकर्ड गरी अश्लील सामग्री तयार गर्ने र ती सामग्री प्रयोग गरेर नक्कली फेसबुक अकाउन्टमार्फत अपलोड गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पीडित नाबालिकाले मानसिक पीडा र चरित्रहत्या गरिएको भन्दै उजुरी दिएपछि साइबर ब्युरोले अनुसन्धान थालेको थियो। ब्युरोको टोलीले प्राविधिक विश्लेषण र ट्रयाकिङपछि साहलाई सिराहाको मिर्चैया बजारबाट सोमबार पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, साहमाथि प्रारम्भिक अनुसन्धानपछि काठमाडौँ जिल्ला अदालतको आदेशमा पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता संवेदनशील अपराध गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ। प्रहरीको भनाइअनुसार, डिजिटल माध्यमबाट अरूको निजी गरिमा, चरित्र र अस्मितामाथि आक्रमण गर्नु सूचना प्रविधि सम्बन्धी अपराध हो, जसका लागि साइबर क्राइम ऐन अन्तर्गत जेल सजाय र जरिवानाको व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट