वडाध्यक्षलाई गोडा मालिस गराउने सप्तरीको अग्नीसाइर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दिए पदबाट राजीनामा

राजविराज— सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। गाउँपालिकाको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको पत्र सार्वजनिक भएपछि यो विषय बाहिरिएको हो।

जानकारी अनुसार, अध्यक्ष चौधरीले असोज ५ गते उपाध्यक्ष कल्पना चौधरी समक्ष आफ्नो राजीनामा पेश गरेका थिए। राजीनामामा उनले आफ्नो काममा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको उल्लेख गर्दै पदमा रहन असमर्थ रहेको कारण स्पष्ट गरेका छन्।

उपाध्यक्ष कल्पना चौधरीले राजीनामा प्राप्त भएसँगै कार्यपालिका बैठकमार्फत त्यसलाई स्वीकृत गरेको र त्यसको पत्रचार निर्वाचन आयोगमा समेत गरिएको जानकारी दिइन्। राजीनामा स्वीकृत भएपछि अब गाउँपालिकामा अध्यक्षको जिम्मेवारी उपाध्यक्षको समन्वयमा अघि बढ्नेछ।

राजीनामा पत्रमा दिनानाथ चौधरीले लेखेका छन्, ‘गाउँपालिकाको अध्यक्षको हैसियतले पाएको अनुभव जीवनको महत्वपूर्ण उपलब्धि हो। भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

गाउँपालिकाको कार्यपालिकाले संविधान, २०७२ को धारा २१५ को उपधारा ८ (क) बमोजिम दिनानाथ चौधरीको राजीनामा स्वीकृत गरिएको पुष्टि गरेको छ। यससँगै गाउँपालिकामा प्रशासनिक प्रक्रिया अगाडि बढाउने व्यवस्था पनि तोकिएको छ।

राजीनामा पश्चात् गाउँपालिकामा सुशासन, विकास र प्रशासनिक व्यवस्थापनको निरन्तरता सुनिश्चित गर्ने काम उपाध्यक्षको नेतृत्वमा अघि बढ्ने देखिन्छ। अध्यक्ष चौधरी केही दिनअघि वडाध्यक्षबाट खुट्टा मालिस गराएको विषयमा विवादमा पनि परेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट