‘जेन–जी’को आवरणमा महानगर–बालुवाटार टकराबः राजु पाण्डेकी कान्छी पत्नीलाई डिआइजी बनाउन नसक्दा बालेन्द्र रन्किए

काठमाडौँ— जेन–जी आन्दोलनको आवरणमा काठमाडौँका मेयर बालेन्द्र साह र बालुवाटारबीचको सम्बन्ध यतिबेला तीव्र तनावको मोडमा पुगेको खुलेको छ। केही समयअघिसम्म प्रधानमन्त्री सुशीला कार्कीलाई ‘आफूले चाहेअनुसार’ चलाउन सकिन्छ भन्ने आत्मविश्वास पालेका बालेन्द्र अब भने बालुवाटारले देखाएको ‘रातो झण्डा’ का कारण टाढिन थालेको स्रोतहरू बताउँछन्।

दुई–तीन पटकसम्म भेटेर कानुनी सीमाभन्दा बाहिरका काम गराउन दबाब दिएको, निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, तत्कालिन आईजीपी चन्द्रकुबेर खापुङ, सीडीओ, गृहसचिव लगायतलाई तत्काल पक्राउ गर्न दबाब दिएको र माग पूरा नभएपछि फोनसमेत उठाउन छोडेको देखिएको छ।

सुरक्षा निकायका एक स्रोतका अनुसार, बालेन्द्रले प्रधानमन्त्रीलाई भित्रभित्रै गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेका थिए। यतिमात्रै होईन, ‘केपी ओली, रमेश लेखकलाई तुरुन्तै समात, अहिले नै एक्सन लिनुपर्छ’ भन्दै शैलीमा निर्देशन दिन थालेका थिए। तर कार्कीले स्पष्ट रूपमा ‘गृहमन्त्री हटाउने विषय अरू कसैको अधिकार क्षेत्रमा पर्दैन’ भन्दै विज्ञप्ति निकालेपछि बालेन्द्र पक्ष एकाएक मौन र बचाउमा उत्रिएको देखिन्छ।

यति मात्र होइन, गृहमन्त्रीको सवालमा प्रधानमन्त्री दृढ देखिएपछि बालेन्द्रको बालुवाटार आउजाउ र सञ्चार सम्पर्क नै दुई हप्तादेखि ठप्प परेको स्रोत बताउँछ। स्रोतका अनुसार बालेन्द्रले काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेकी कान्छी श्रीमती गंगा पन्तलाई एक नम्बरमा बढुवा गराएर एसएसपीबाट डिआइजी बनाउन चाहेका थिए।

पाण्डेका दुई श्रीमतीमध्ये कान्छी पन्त र जेठी लक्ष्मी थापा नबिल बैंकमा कार्यरत छन्। उनीतर्फको छोरा अष्ट्रेलियामा पढिरहेको बताइन्छ। श्रीमतीलाई ‘महिला आइजीपी बनाउने’ महत्वाकांक्षा बोकेका पाण्डेकै योजना अनुसार बालेन्द्रले प्रश्ताव अघि वढाए। तर गृहमन्त्री अर्यालले प्रक्रिया अनुसारै पाँचजनाको टोलीलाई सिफारिस गरेपछि उनको योजना भताभुंग भएको र यही रिसको झोकमा बालेन्द्र पक्षले गृहमन्त्रीमाथि आक्रोश बढाएको दाबी स्रोतको छ।

त्यही योजना सफल नभएपछि अर्याललाई हटाएर राजु पाण्डेलाई नै गृहमन्त्री बनाउने योजनामा बालेन्द्र समुह पुगेको थियो। तर, बालुवाटारले कुरा नसुन्दिएपछि बालेन्द्रको स्पिडमा ब्रेक लागेको कतिपयको वुझाई छ।

त्यसबाहेक, बालेन्द्रले प्रशासनिक तहमा समेत अप्राकृतिक हस्तक्षेप बढाउँदै आएका थिए। ‘अब मेरो सरकार आयो, प्रधानमन्त्रीले मेरो कुरा मान्छिन्’ भन्दै बसपार्क प्रकरण देखि महानगरका अन्य निर्णयमा समेत कर्मचारीहरुलाई दवाबमा राखेका थिए। तर, चाहेको जसरी बालुवाटारलाई घुमाउन नसकेपछि बालेन्द्रको रफ्तार रोकिएको स्रोत बताउँछ।

सामाजिक सञ्जालमा प्रभाव जमाउने योजना पनि बालेन्द्रको राजनीतिक अभियानको ठूलो हिस्सा बनेको स्रोतहरूको विश्लेषण छ। स्रोतको दाबी अनुसार केही वर्षअघिसम्म तठस्थ सूचनाको स्रोत मानिएको ‘रुटिन अफ नेपाल बन्द’लाई बालेन्द्रले मेयर भएलगत्तै करिब १ करोड सहयोग गरेका थिए। त्यस्तै पब्जी गेमरहरूलाई पनि १ करोड सहयोग गरेको दाबी छ। यतिबेला भने आरओएनबी (रुटिन अफ नेपाल बन्द) समूह नै विस्थापित भएको वताईएको छ।

‘पहिले आरओएनबी सूचनाको भरपर्दौ स्रोत थियो, अहिले कसैको गोटी बनेको आरोपले त्यसको विश्वसनीयता नै संकटमा पर्यो’ स्रोत भन्छन–‘ भिक्टर अष्ट्रेलिया र अरु चार–पाँच जना दुबई पुगेका छन्’ जनआश्था डटकमले लेखेको छ–‘उनिहरु अहिले अफिस बन्द गरेर हिँडेका छन्, ल्यापटपमा घर–घरबाट काम चलाउँदैछन्।’

यता, बालेन—सुदन गुरुङ—भिक्टर पौडेल (आरओएनबीका सञ्चालक) को त्रिकोणात्मक ‘कन्ट्रोल पोलिटिक्स’ ले प्रधानमन्त्रीकै परिवारलाई समेत तनावमा पारेको स्रोतको दाबी छ। सुदनले कार्कीको फोन नउठेपछि उनका श्रीमान् दुर्गा सुवेदीलाई फोन गरेर गाली–गलौज गरेको जनाईएको छ।

यसरी, सतहमा जेन–जी आन्दोलनको नेतृत्व र सरकारी निर्णयबीचको ‘सामान्य असन्तुष्टि’ देखिए पनि भित्री तहमा व्यक्तिगत स्वार्थ, बढुवा–खेल, शक्ति–प्रदर्शन र प्रशासनिक कब्जाकै प्रतिस्पर्धाले काठमाडौँ महानगर र बालुवाटारको टकराव बढ्दै गएको वताईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट