विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु

विराटनगर— मोरङको विराटनगरस्थित बरगाछी चोक नजिक बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारले ज्यान गुमाएका छन्। दुर्घटनामा कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय भीम खड्काको मृत्यु भएको हो।

खड्का मोरङको बेलबारी नगरपालिका–८ का स्थायी बासिन्दा हुन। प्रहरीका अनुसार गएराति करिब सवा १२ बजे कोशी राजमार्गको बरगाछी चोक नजिक खड्का सवार बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा अचानक भएको दुर्घटनामा खड्कालाई गम्भीर चोट लागेको थियो।

स्थानीय तथा प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएका थिए। तर, उपचारकै क्रममा बिहीबार बिहान करिब ४ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण स्पष्ट नभए पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट