उदयपुरको बेल्टारमा ७० वर्षीय वृद्धद्वारा छुरा प्रहार गरी महासेरको हत्या

बेल्टार— उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा आइतबार साँझ एक वृद्धले छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन्।

प्रहरीका अनुसार गोरेटो लाइन क्षेत्रका करिब ७० वर्षीय रामप्रसाद राईले ६४ वर्षीय छिमेकी महाप्रसाद (महासेर) राईमाथि छुरा प्रहार गरेका हुन्। चौदण्डीगढी नगरपालिका कार्यालयबाट बेल्टार बजारतर्फ जाने ओरालो बाटो नजिकै उक्त घटना भएको हो। स्रोतका अनुसार सुरुमा दुवैबीच सामान्य विवाद भएको थियो।

त्यसैक्रममा रामप्रसादले महाप्रसादको दाहिनेपटीको छातीमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्कालै स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि नगर अस्पताल बेल्टारतर्फ लगिएको थियो। तर, उपचारका लागि अस्पताल पु¥याउने क्रममा नै उनको ज्यान गएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले नियन्त्रणमा लिएको छ र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ। घटनाको वास्तविक कारण, विवादको प्रकृति तथा त्यसअघिको सम्बन्धबारे थप तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट