रसुवाको बाढीमा सप्तरीका ३५ अझै बेपत्ता, २० जनाको उद्धार, ७ जना सम्पर्कमा

राजविराज— रसुवामा आएको बाढी–पहिरोपछि रोजगारी, सरकारी सेवा तथा अन्य कामका लागि पुगेका सप्तरीका २० जनाको उद्धार भएको छ। कम्तीमा ३५ जना भने अझै सम्पर्कमा छैनन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सम्पर्कविहिन मध्ये अधिकांश हाइड्रोपावर आयोजना, निर्माण कम्पनी तथा अन्य कार्यस्थलमा संलग्न थिए। सम्पर्कविहीन सूचीमा रहेका व्यक्तिहरूमा हाइड्रोपावरका इन्जिनियर, ओभरसियर, सुपरभाइजर तथा कामदारदेखि शिक्षक, प्रहरी र नेपाली सेनामा कार्यरत व्यक्तिसम्म छन्।

२० जनाको उद्वार
उपलब्ध विवरण अनुसार रसुवाबाट सप्तरीका २० जनाको उद्धार गरिएको छ। राजेश मण्डल (२३), दीपक नारायण ठाकुर (२०), अकलेशकुमार यादव (२२), अबिन्द मेतहा (३२), राहल मुखिया (२१), सन्दिपकुमार दास (३६), प्रकाश चौधरी (३०), सन्दिपकुमार चौधरी (२१), दया चौधरी (४३), सिमन चौधरी (१०), रामकृष्ण मण्डल (३०), प्रमोदकुमार मण्डल (२९), चन्द्रशेखर यादव (३७), कृपानन्द यादव (२४), सम्पदा चौधरी (५), पूनम चौधरी (३४), रूबी यादव (२८), अनिककुमार चौधरी (२४), सुशिलकुमार चौधरी (३५), सन्दिपकुमार दास (३६) को नाम उद्धार सूचीमा छ। उद्धार गरिएकामध्ये अधिकांशलाई भदौ ११ र १२ गते रसुवाका विभिन्न स्थानबाट उद्धार गरिएको विवरण छ। सुशिलकुमार चौधरीको उद्धार मिति २०८३ भदौ १३ गते उल्लेख गरिएको छ। राहल मुखियाको दाहिने खुट्टामा चोट लागेको छ।

सम्पर्कमा आएका ७ जना
यसैगरी, ७ जना सम्पर्कमा आएका छन्। कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरका प्रहरी सहायक निरीक्षक अजय मरिक (२४), राजविराज–२ राजदेवी टोलका दीपक देव (४२), बलान बिहुल गाउँपालिका–६ सेहराका शिक्षक सुरेशकुमार यादव (३४), उनकी श्रीमती सरिता यादव (२८) र छोरी ईभिन्जलीना यादव (८), रूपनी गाउँपालिका–१ का गिर्धारीलालकुमार साह (२५) तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ जण्डौलका कृष्णकुमार चौधरी (२५) सम्पर्कमा आएको सहायक सीडीओ नरेशकुमार यादवले जानकारी दिए।

दीपक देव रसुवास्थित चिलिमे सव स्टेशनमा कार्यरत कर्मचारी रहेको, सुरेशकुमार यादव र सरिता यादव रसुवा सदरमुकामस्थित विद्यालयमा शिक्षक रहेको तथा आठ वर्षीया ईभिन्जलीना यादव अभिभावकसँगै बस्दै आएको विवरणमा उल्लेख छ। गिर्धारीलालकुमार साह नुवाकोटको नयाँपुल, देवघाटमा साथीको घरमा बसेर काम गर्दै आएको र कृष्णकुमार चौधरी रसुवामा रोजगारी गरिरहेको उल्लेख छ।

३५ जना अझै सम्पर्कविहिन
उपलब्ध विवरणअनुसार सप्तरीका ३५ जना अझै सम्पर्कमा आएका छैनन्। महादेवा गाउँपालिका–२ का देवकुमार ईसर (२८) रसुवास्थित हाइड्रोपावरमा कर्मचारीका रूपमा कार्यरत थिए। खडक नगरपालिका–७ की सुनिता राम (२०) र उनका छोर दिवान्स राम (४) नुवाकोटको त्रिशूली बजारमा थिए।

विष्णुपुर गाउँपालिका–१ का अजयकुमार यादव (३५) रसुवामा प्राविधिक शिक्षकका रूपमा कार्यरत रहेको उल्लेख छ। तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्जय साह (३२) पावरहाउस रसुवा युटी३ए मा हाइड्रोपावर इन्जिनियरका रूपमा काम गर्दै आएका थिए।

तिरहुत गाउँपालिका–४ डिमनका रविन्द्रकुमार यादव (४४) त्रिशूली बजारस्थित व्ऋ ज्थमचयउयधभच का इन्जिनियर रहेको विवरणमा छ। महादेवा गाउँपालिका–२ का इन्द्रनारायण इसर (३४) रसुवास्थित अपर हाईड्रो पावर लिमिटेडमा कामदारका रूपमा कार्यरत थिए।

भारतको मधुवनी जिल्ला, लौकहा थाना बलुवाका सरोजकुमार गुप्ता (२८) रसुवास्थित हाइड्रोपावरमा कामदारका रूपमा रहेको विवरणमा उल्लेख छ। राजगढ गाउँपालिका–२ बनिनियाका राजीवकुमार सिंह (२४) अपर त्रिशुलीमा इन्जिनियरका रूपमा कार्यरत थिए।

सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी (२३) मेलुङ क्षेत्रको हाइड्रोपावर आयोजनामा कार्यरत रहेको विवरण छ। कञ्चनरूप नगरपालिका–६ सितापुरका अनिल विश्वकर्मा (४०) कामदार तथा सिभिल ओभरसियरका रूपमा उल्लेख छन्।

महादेवा गाउँपालिका–२ अकबरटोल, हाल राजविराज–तितरीगाछीका सन्तोष यादव (२८) रसुवामा ओभरसियरका रूपमा कार्यरत थिए। शम्भुनाथ नगरपालिका–४ का पिताम्बर प्रसाद दास (२३) मेलुङ ५ मेगावाट जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा काम गर्दै आएको विवरणमा छ।

तिलाठी कोइलाडी गाउँपालिका–लौनियाका दिलिपकुमार मण्डल (३०) मेलुङ २१६ मेगावाट जलविद्युत् आयोजनामा सर्भे इन्जिनियर थिए। शम्भुनाथ नगरपालिका–३ का रमेश चौधरी (४५), हृदयनारायण चौधरी (४५), सुरेन्द्रदेव चौधरी (२७) र दीपेन्द्र चौधरी (३५) फेवा कन्स्ट्रक्सन, बेनी नयाँ पुल, रसुवामा कामदारका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख छ।

शम्भुनाथ नगरपालिका–४ का प्रेम सागर चौधरी (२४) पनि रसुवामा कामदारका रूपमा रहेको उल्लेख छ। शम्भुनाथ–६ कठौनाका साजन चौधरी (२४) निर्माणाधीन सिनो हाइड्रोपावरमा तथा सोही स्थानका ओमप्रकाश चौधरी (३७) नेपाल विद्युत् प्राधिकरणको अपर त्रिशूली–३ए आयोजनामा कार्यरत थिए।

शम्भुनाथ नगरपालिका–३ का त्रिभुवनकुमार मण्डल (२२) नुवाकोटमा कामदारका रूपमा रहेको विवरण छ। बोदेबरसाइन नगरपालिका–८ काचनका शिवकुमार यादव (३५) जेसी हाईड्रो पावरमा सुपरभाइजर, देवकुमार यादव (३१) इन्जिनियर र सचिन यादव (२५) ओभरसियरका रूपमा कार्यरत रहेको उल्लेख छ।

विष्णुपुर गाउँपालिका–१ का ओमनारायण यादव (३८) अपर त्रिशुलीमा सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए। राजगढ गाउँपालिका–६ फकिराका विजय यादव (३२) तथा तिरहुत गाउँपालिका–३ हटैलका अशोक यादव (३०) नुवाकोटस्थित सुरुङमा काम गर्ने हाइड्रोपावर इन्जिनियरका रूपमा विवरणमा समावेश छन्।

हनुमाननगर कंकालिनी नगरपालिका–१ बरमझियाका मुकेश सदा (१८) र विनोद सदा (१८) रसुवास्थित हाइड्रोपावरमा कामदारका रूपमा रहेको विवरण छ। अर्का विनोद सदा पनि सोही स्थानमा कामदार थिए।

तिलाठी कोइलाडी गाउँपालिका–२ का जितेन्द्र मण्डल (२९) अपर त्रिशुलीमा ओभरसियरका रूपमा कार्यरत रहेको उल्लेख छ। राजविराज नगरपालिका–१६ मुसहरी टोलका बेचन सदा (४०) र शिवकुमार सदा तथा राजविराज–१० माइतघढीका रोशनकुमार यादव (२२) पनि सम्पर्कविहीन सूचीमा छन्। रोशनकुमार यादव रसुवास्थित श्रीनाथ गण, टिमुरेमा कार्यरत नेपाली सेनाका सदस्यका रूपमा उल्लेख छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट