निसिखोला गाउँपालिकाका अध्यक्ष गाँजा तस्कर भएको उच्च अदालतबाट पुष्टि
काठमाडौं– उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गर्दै निसिखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई गाँजा तस्कर पुष्टि गरेको छ।
आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको फैसला सदर गर्दै घर्तीलाई तीन वर्ष ६ महिना कैद फैसला र ५० हजार जरिवानाको फैसला गरेको छ।
जिल्ला अदालतले ०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गुरेको थियो। उक्त फैसलाविरुद्ध घर्तीले ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए।
घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा ०७७ असार १२ गते ८० केजी गाँजासहित पक्राउ परेका थिए। उनको घरबाटै गाँजा बरामद भएको थियो। घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए।
लोकप्रिय
गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यभन्दा बलियो ‘चलखेल’: २४ घण्टा पनि टिकेन मेसु हटाएर निमित्त दिने निर्णय

