समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानमा सुरु भयो हटलाइन

वैदेशिक रोजगारी र शिक्षाका लागि पुगेका नेपालीहरुलाई लक्षित गरी जापानमा हटलाईन सेवा सुरु गरिएको छ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले यो सेवा सुरु गरेको हो। कुनै पनि नेपालीलाई समस्या परेको खण्डमा जानकारी लिइ समस्या समाधान गर्ने उद्धेश्यले हटलाइन सेवा सुरु गरेको एनआरएनए जापानले जनाएको छ।
+८१०८०६३५२८२६६ नम्बरको हटलाइन सेवा शुरु गरिएको अध्यक्ष नबिन निउरेले जानकारी दिए। जापानमा रहेका विद्यार्थी, कामदार जसलाई जे समस्या परेको छ, त्यो थाहा पाउन र नेपाली दूतावासलगायतका सम्बन्धित संघ संस्थासँग मिलेर समस्या समाधानमा पहल गरिने अध्यक्ष निउरेले बताए।
जापानमा विद्यार्थी भिसामा गएकाहरुको धेरै समस्या छ। हाल त्यहाँ १ लाख ४० हजार भन्दा बढी नेपाली छन।
प्रतिक्रिया