तीनकुनेमा ४ जनाको हत्याः चुलेसी र खुकुरीले छपाछप

काठमाण्डौं– काठमाडौंको गैह्रीगाउँ स्थित तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्यामा चुलेसी जस्तो धारिलो हतियार र खुकुरीको प्रयोग भएको पाईएको छ।

अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले खोजतलास गर्ने क्रममा घट्ना स्थलमा खुकुरी र चुलेसी जस्तो धारिलो हतियार बरामद गरेको हो।

शुक्रवार राति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो । मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो ।

प्रहरीले राति नै अपराधमा प्रयोग भएको हतियार बरामद गरेको थिएन । प्रहरीलाई घटनाबारे सूचना दिने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ। रगताम्ये भएको अवस्थामा मिलबाट बाहिर निस्किएर उनी ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका थिए।

प्रहरी वृत्त, नयाँबानेश्वर पुगेर उनले आफ्नो साथीहरु मारिएको बताएका थिए । मदिराको नशा लागेको र शरीरभरि रगत लत्पतिएको अवस्थामा भेटेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

हाल उनी प्रहरी वृत्त, बानेश्वरको हिरासतमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट