एक वर्षमा सवैभन्दा वढि कमाउने खेलाडिको सूचिमा पहिलोमा रोनाल्डो, दोस्रोमा मेसी

काठमाण्डौं– पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विगत एक वर्षमा सवैभन्दा वढि कमाउने खेलाडीको सूचिमा पहिलो नम्वरमा परेका छन्।

फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दा उनी पहिलो नम्वरमा परेका हुन। सोमबार सार्वजनिक भएको सूचीअनुसार यो अवधिमा उनले १३६ मिलियन अमेरिकी डलर कमाएका छन् ।

हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोको यो आम्दानी कर र एजेन्ट फीसहितको हो । उनले तलब र बोनसबापत ४६ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ९० मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ ।

रोनाल्डो यो सूचीमा सन् २०१७ पछि पहिलो पटक र समग्रमा तेस्रोपटक पहिलो स्थानमा पुगेका हुन् । विगतमा टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड्स र बक्सिङका कनर म्याकग्रेगरले मात्र योभन्दा बढी रकम कमाएको पनि फोर्ब्सले जनाएको छ ।

सामाजिक सञ्जाल, क्रिप्टोकरेन्सीलगायतका कारण मैदान बाहिर रोनाल्डोको आम्दानी, मैदानबाट हुनेभन्दा करिब दोब्बर रहेको दाबी गरिएको छ ।

यो सूचिमा अर्जेन्टिनाका लियोनल मेस्सी १३० मिलियन अमेरिकी डलरसहित दोस्रोमा छन् । उनले तलब र बोनसबापत ६५ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ६६ मिलियन अमेरिकी डलर कमाएका छन्।

१२० मिलियन अमेरिकी डलरसहित अर्का फुटबलर केलियन एमबाप्पे तेस्रोमा छन् । उनले तलब र बोनसबापत १०० मिलियन र अन्य माध्यमबाट २० मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् ।

बास्केटबलका लेब्रोन जेम्स ११९.५ मिलियन अमेरिकी डलर कमाइसहित चौथोमा छन् । बक्सिङका कानेलो अल्भाराजले ११० मिलियन, गल्फका डस्टिन जनसनले १०७ मिलियन, फिल मिकेलसनले १०६ मिलियन, बास्केटबलका स्टेफन करीले १००.४ मिलियन, टेनिसका रोजर फेडेररले ९५.१ मिलियन र बास्केटबलका केभिन डुरान्टले ८९.१ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट