आफनै पार्टीमा गुटवन्दी गरेको आरोप लागेपछि अशान्त छन् माधव नेपाल
![आफनै पार्टीमा गुटवन्दी गरेको आरोप लागेपछि अशान्त छन् माधव नेपाल](https://www.sheershakhabar.com/wp-content/uploads/2023/09/halahari-2.jpg)
काठमाण्डौं– भदौ २८ गते अपानी (अन्तरपार्टी निर्देशन) जारी गर्दै नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा व्यापक फेरबदल गरेपछि सम्मानित नेता झलनाथ खनालसहितको धेरै नेता असन्तुष्ट छन्। जसका कारण अध्यक्ष माधवकुमार नेपाललाई तनाव वढेको छ।
नेता खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, सचिव राजेन्द्र राई, रामकुमारी झाँक्री लगायत ५० नेता हाल फेरबदल गरिएको जिम्मेवारीप्रति असन्तुष्ट छन्। ३ सय केन्द्रीय सदस्य र १८ जना पदाधिकारी रहेको यो पार्टीमा राई, पौडेल, झाँक्रीलगायतका नेता केही समय अघिसम्म अध्यक्ष नेपालका विश्वासीला भएर काम गरेका नेता हुन्।
तर, नयाँ कार्यविभाजन र कार्यक्षेत्र परिवर्तनले उनीहरु विच्किएका छन्। नेता नेपालले गुटवन्दी गरेको तथा आफ्ना अगाडि परेका, देखिएका, सधैँ नेतृत्वको वरिपरि घुम्ने/धाउनेलाई अवसर दिएको भन्दै नेताहरुले आरोप लगाएका छन्।
उनीहरुले निर्णय फिर्ता नगरे गम्भीर संकट आउने चेतावनी दिएका छन्। निर्णय पुनर्विचार नभए विकल्पतिर लाग्ने सचिव राईले बताए। जिम्मेवारी दिएपछि केही नेताहरु पार्टी छोड्ने अवस्थामा समेत देखिएको उनको भनाई छ।
सम्मानित नेता झलनाथ खनाल भने असन्तुष्ट पक्षका नेताहरुको नेतृत्व लिने प्रयासमा छन्। उनले एउटा कार्यक्रममा पार्टीभित्र जिम्मेवारी बाँडफाँट ‘कोतपर्व जस्तै’ भनेर प्रतिक्रिया जनाएका छन्। कसैलाई एकपछि अर्को पद दिएको र ५० जनाजति नेतालाई जिम्मेवारी नै दिइएको जनाईएको छ।