माछा पोखरीमा मान्छेको शव तैरिएको फेला परेपछि…

राजविराज– सप्तरीको सुरुंगा नगरपालिका स्थित एक पोखरीमा बुधवार एक जना पुरुषको शव फेला परेको छ। सुरुंगा–४ कदमाहा टोलनजिकै रहेको माछापोखरीमा ४०/४५ वर्षिय पुरुषको शव फेला परेको हो।

टोलभन्दा तीन सय मिटर पश्चिममा स्थानीय भुवनेश्वर साफीको रेखदेखमा रहेको माछा पोखरीमा पहिचान नखुलेका ब्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट