परिक्षा गार्डले जान्ने विद्यार्थीको कपी साटेर छोरी पास गराए, विद्यार्थीले पनिकाको गाडी जलाए

विराटनगर– परिक्षामा गार्ड वसेका ब्यक्तिले आफनी छोरी पास गराउन एक जना छात्राको उत्तर पुस्तिका साटेको र उत्तर पुस्तिका साटिएकै कारण ति छात्रा फेल भएको आरोप लगाउँदै वुधवार विहान विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (प्रादेशिक)को गाडी जलाएका छन्।

आक्रोशित विद्यार्थीहरूले बुधबार बिहान ५ बजे परीक्षा नियन्त्रण कार्यालयको बा १७ च ८२३८ नम्बरको गाडी जलाएका हुन। मानविकी संकायमा अध्ययनरत एक जना छात्राको ०७८ मंसिरमा लिएको परीक्षाको उत्तरपुस्तिका साटफेर गरेको भन्दै विद्यार्थी आन्दोलनमा छन्।

ती छात्राको अंग्रेजी पुस्तिका साटफेर भएको विद्यार्थी संगठनको आरोप छ। विद्यार्थी संगठनले ती छात्राको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकासँग साटिदिएको बताउँदै आएका छन्।

उत्तरपुस्तिका साटिएपछि ती छात्रा फेल भएको उनीहरुको भनाई छ। क्याम्पस प्रशासनले ती छात्रालाई पुनः परीक्षा दिन लगाएपछि नतिजा प्रकाशन गर्न ढिलाइ गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन।

यस विषयमा मंगलबार विद्यार्थी, क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईंबीच विराटनगरकै डिग्री क्याम्पसमा छलफल भएको थियो। तर, छलफल सकारात्मक रुपमा अघि नवढेको भन्दै विद्यार्थीले तिमिल्सना र प्रसाईंलाई डिग्री क्याम्पसमै ताला लगाएर थुनेका थिए।

उनीहरुलाई प्रहरीले राति १ बजे उद्वार गरेको थियो। रातभरी प्रदर्शन गरेका विद्यार्थीले बिहानपख गाडी जलाएको मोरङका डिएसपी रञ्जन दाहालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट