नगरसभा सम्पन्न भएको उपमेयरलाई नै जानकारी नभएपछि…

राजविराज– बाराको सिम्रौनगढ नगरपालिकामा उपमेयर नजमु शेहरको नेतृत्वमा शुक्रबार तालावन्दी गरिएको छ। नगरपालिकाको सातौं नगर सभाको बिषयलाई लिएर उपमेयर, असन्तुष्ट वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले तालाबन्दी गरेका हुन्।

नगर प्रमुख किशोरीप्रसाद कलवारले सातौं नगरसभा सम्पन्न भएको विज्ञप्ती निकालेर जानकारी गराएपछि त्यसको विरुद्धमा तालाबन्दी गरिएको हो। असोज ३० गते पत्रचार गरी सातौं नगरसभा कात्तिक ३ गते बिहान ७ बजे देखि नगरपालिकाको सभा कक्षा गरिने र त्यसमा सहभागी हुन भनिएको थियो।

नगर सभामा सहभागी हुन जाँदा मेयर कलवारले नगर सभामा उपस्थित नै नभई बाहिरबाटै विज्ञप्ती निकालेर नगर सभा सम्पन्न भएको जानकारी गराएपछि बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नु परेको कार्यपालिका सदस्य अवधेश सहनीले बताए।

सिम्रौनगढ नगरपालिकामा ५९ जना कार्यपालिका सदस्य रहेकोमा ३९ जना नगरसभा सदस्यहरुले कित्र्ते नगर सभा खारेजीको माँग गर्दै तालाबन्दी गरेको वडा अध्यक्षसमेत रहेका सहनीले बताए।

नगर प्रमुखले नगर सभा सम्पन्न भएको विज्ञाप्ती निकालेर सार्वजनिक गरे पछि उपमेयर को अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको ३९ जना नगरसभा सदस्यहरुको नगर सभालाई स्थगीत गरिएको निर्णय गरेको पनी सहनीले जानकारी दिए।

स्थानीय सरकार सन्चालन ऐनमा उपमेयरले नगर सभामा बजेट , निति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि मेयरले कार्यपालिका सदस्यहरुलाई नगर सभा हलमा बोलाउने र बाहिर नगर सभा भएको विज्ञप्ती लिकालेर जानकारी गराएको उपमेयर नजमु शेहरको भनाइ छ।

नगर प्रमुख किशोरी प्रसाद कलवारले भने प्रक्रिया पुरा गरेर नै नगर सभाले आर्थिक वर्ष २०८०÷८१ को लागि ७४ करोड ४६ लाखको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट