अमेरिकामा १८ जनाको हत्या गरेर फरार भएका ब्यक्ति कसरी मारिए ?

काठमाडौं– अमेरिकामा अन्धाधुन्ध गोली चलाई १८ जनाको हत्या गरेर फरार भएका ब्यक्ति आफै मृत फेला परेका छन्।

तीन दिनको खोजीपछि ४० वर्षीय रोबर्ट कार्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको हो । उनले मेइन सहरमा अन्धाधुन्ध गोली चलाउँदै १८ जनाको हत्या गरेका थिए।

मेइन कमिस्नर अफ पब्लिक सेफ्टी माइकल साउसचकका अनुसार उनले आफूले आफैलाई गोली प्रहार गरेका हुन। प्रहरीले स्थानीयलाई घरमा नै बस्ने निर्देशन हटाएको केही समयपछि यसबारे जानकारी दिएको थियो ।

सो घटनामा मारिनेमा १४ देखि ७६ वर्षका सर्वसाधारण रहेका छन्। ‘बुधबार रातिको गोलिकाण्डका सन्दिग्ध मृत अवस्था फेला परेका छन्,’ प्रहरीले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

घटनाका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेइनका गभर्नर जानेट मिल्सले घटनास्थलभन्दा नजिक रहेको लिसबनमा कार्डको शव फेला परेको जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट