अभिनेत्री आँचल शर्माको बिकिनी अबतार: सामाजिक सञ्जालमा हल्लाखल्ला
काठमाडौं– श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन फिलिपिन्समा रहेकी अभिनेत्री आँचल शर्माको बिकिनी फोटो सार्वजनिक भएको छ।
आइतबार सामाजिक सञ्जालमा उनको बिकिनी तस्बिर सार्वजनिक भएको हो। समुद्री किनारमा खिचाएको उनको बिकिनी तस्बिरले सामाजिक सञ्जालमा धेरैको ध्यान तानेको छ। धरैले लाईक कमेन्ट पनि गरिरहेका छन्।
आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’ अभिनयरत छिन् । फिल्मको पहिलो चरणको छायांकन सकिएको र दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुनेछ ।
फिल्मको छायांकनको यो ग्याप समय सदुपयोग उनले फिलिपिन्स भ्रमणमा गरेकी हुन्। आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।
अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ६’ फ्लप भयो । हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’मा उनले एउटा गीतमा अभिनय गरेकी छन्।