किर्ते आरोपमा फसिने डरले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

काठमाडौं– जन्ममिति विवाद बढ्न थालेपछि फस्ने डरले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। प्रधान सेनापति बन्ने लाईनमा रहेका बेला जन्ममिति विवाद वाहिर आएपछि उनले आत्तिएर राजिनामा दिएको स्रोतको दावी छ।

सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका छन्। उनको नागरिक्तामा केरमेट देखिएको छ। उमेर कम देखाउन उनले नागरिकता लगायत कागजात कीर्ते गरेको आरोप छ।

यस विषयमा जंगी अड्डाले छानबिन सुरु गरेपछि पाण्डेले राजीनामा बुझाएका हुन्। रथी बढुवाको बेला पाण्डेले नागरिकता लागयत कागजात कीर्ते गरेको भन्दै जन्ममिति विवाद सतहमा आएको थियो।

प्रधान सेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी गरेका थिए। हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पुरा गरेर अवकास पाएसंगै पाण्डे र नेपाली सेनाको ४५ औं प्रधानसेनापति नियुक्त हुने आशंका गरिएको थियो।

सेनामा अहिलेसम्म वरियतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेकाले पाण्डेको प्रधानसेनापति बन्ने निश्चित जस्तै थियो। तर बलाध्यक्ष रथी सीताराम खड्काले जन्ममिति विवाद भएको भन्दै बढुवा समितिमा असहमति जनाएका थिए।

अख्तियारले समेत यो विषयमा चासो राख्दै जन्ममिति विवाद छानबिन गर्न भन्दै निर्देशन दिएको थियो। नेपाली सेना भित्रको विषयहरु अख्तियारले हेर्न नमिल्ने भएकाले मुख्यालयलाई नै छानबिन गर्न भन्दै निर्देशन दिइएको थियो।

छानबिनका क्रममा पाण्डेका २ वटा फरक फरक जन्ममिति भएका नागरिकता भेटिएको थियो। शैक्षिक योग्यताको प्रमाणपत्र समेत केरमेट भएको भेटिएपछि उनी विवादमा परेका थिए। रथीमा बढुवा भएर प्रधान सेनापति बन्ने लाइनमा रहेका उनी कीर्ते आरोपमा तानिएका हुन।

उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको पाइएको छ। जबकि उनका अरू सरकारी कागजातमा अर्कै जन्म मिति छ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख छ। तर, नागरिकतामा भने २०२३ साल मङ्सिर १३ गते बनाइएको छ।

पाण्डे २०४३ सालमा सेनामा भर्ती हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ। २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो।

पाण्डेको उमेर विवादबारे यसअघि पनि पटक पटक प्रश्न उठे पनि छानबिन हुन सकेको छैन । उनको जन्म मितिका विषयमा पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला पनि प्रश्न उठेको थियो। तर, थापाको साथ पाएपछि उनीमाथि छानबिन नभएको स्रोत बताउँछन्।

यता नेपाली सेनाले भने पाण्डेको जन्म मितिको विषयमा पहिल्यै निक्र्यौल गरेर मात्र बढुवा सिफारिसको सूचना प्रकाशित गरिएको दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट