नेपालले जापानलाई ६७ रनले हरायो, संगीता एक्लैले लिइन् ५ विकेट

काठमाडौँ– चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ६७ रनले पराजित गरेको छ ।

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका टिम हुन। पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो।

पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे भने काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य एक रनमा अविजित रहे ।

जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एक÷एक विकेट लिएका थिए।

११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानकी मेग गावाले १७ र सेइक सुमीले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक पार गरेनन्।

नेपालकी संगीता राई एक्लैले पाँच विकेट तथा पूजा महतो र अस्मिना कर्माचार्यले दुई÷दुई विकेट लिए ।

महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औँ, हङ्कङ २२औँ र जापान ५१औं स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट