बन्दुक साथमा राखेर जुवा खेलिरहेका ६ जना पक्राउ

पोखरा– कास्कीको पोखरा पोखरा–२२ खाल्सेमा प्रहरीले जुवाको खालमा छापामारी गर्दा हतियार मरामद भएपछि ६ जना जुवाडे पक्राउ परेका छन्। जुवाडे पक्राउ गर्न गएको प्रहरीले २४ रोउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत बरामत गरेको हो।

जुवाको खालमा छापामारी गर्न प्रहरीले विशेष टोली परिचालन भएको थियो। उक्त टोलीले खाल्सेस्थित चिसाखोलाका भेषबहादुर गुरुङको घरमा चेकजाँच गर्दा जुवा (कौंडा) खेलिरहेका ६ जना पक्राउ परे। सोही क्रममा घर खानतलासी गर्दा बन्दुक र गोली समेत बरामद भएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

अत्याधुनिक रुपमा सेन्सर जडान गरी सेन्सरलाइट एवं रिमोटबाट सञ्चालन हुने डिजिटल प्रणालीको प्रयोग गरी जुवातास खेल्दै गरेका मानिसहरु पक्राउ गरिएको उनको भनाई छ। पक्राउ पर्नेमा भेषबहादुरसहित पोखरा–१० अमरसिंहचोकका बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोकका सुरेन्द्र शाह, पोखरा–१५ रामबजारका दिपेन्द्र सेन, पोखरा–२६ विजयपुरका खम्बसिंह राना र बुढीबजारका सन्दीप भन्ने डोरबहादुर गुरुङ छन्।

उनीहरुको साथबाट ८२ हजार ९ सय ९० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। जुवा खेलाउनका लागि जमिनमा खाडल खनेर लाइनको तारसमेत जडान गरेको गोलाकार सेन्सरमेसिन (अर्थिङ बक्स) १ थानसमेत प्रहरीले फेला पारेको छ ।

जुवातासमा पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर मुद्धा अगाडि बढाइएको छ भने भेषबहादुरलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी बिकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट