कपिल शर्मा र सुनिल ग्रोवरको ६ वर्ष पुरानो झगडा मिल्यो, अपकमिङ शोमा सँगै

नयाँ दिल्ली– कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीचको ६ वर्ष पुरानो झगडा मिलेको छ। नेटफ्लिक्सको अपकमिङ शोमा दुबै जनासँगै देखिदैंछन्। यी दुई आफ्नो पुरानो टिमसँग पुनः साथसाथ नयाँ शोमा आउन लागेको जनाईएको छ।

६ वर्षदेखि यी दुईबिच झगडा चलिरहेको थियो। दुवैले कपिल शर्मा शोमा सँगै काम गरेका थिए। तर एउटा झगडाका कारण दुवैको सम्बन्ध बिग्रिएको थियो।

कपिल र सुनिलबीच ६ वर्षअघि अष्ट्रेलियाबाट फर्किने क्रममा फ्लाइटमा झगडा भएको थियो। ह्विस्कीको पूरै बोतल सिध्याएर बसेका कपिलले नशाको तालमा कपिल शर्मा शोका अन्य सदस्यहरूसँग दूर्व्यवहार गरेका थिए।

सुनिलले सम्झाउन खोज्दा उल्टै उनलाई जुत्ताले हानेर तथानाम गाली गरेका थिए। कपिल शर्मा शो भनेर पूरै शोलाई कपिलको नाम दिइएको भएपनि सुनिल शोका महत्वपूर्ण हिस्सा थिए। सुनिलले निर्वाह गरेका गुत्थी, डाक्टर मशहुर गुलाटीजस्ता पात्रहरु निकै चर्चित र लोकप्रिय बनेका थिए।

पछिल्लो पटक नेटफ्लिक्सले कपिल र सुनिल खबरलाई औपचारिक रुपमा शेयर गरेको छ। एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन्। भिडियोको शुरुवातमा दुवैले फरक अन्दाजमा इन्ट्रोडोक्शन दिदै नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएका छन्। कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन्।

त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन्। तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन्। यो सुनेर सुनिलले एउटा शर्त राख्छन्, हवाईजहाजबाट होइन, सडक भएर जाने। शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट