एमाले नेताको नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने तयारी

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा निस्कन लागेका छन्। पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह दम्पती आगामी हप्ता भैरवा जाने तयारी छ।

ज्ञानेन्द्रका संवाद सचिव डा.फणिराज पाठकले भ्रमणको बारेमा जानकारी दिएका छन्। १५ पुसमा भैरहवामा पूर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

अभिनन्दन समारोह मुल समितिको संयोजक भने नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याल बसेका छन। उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेदवार थिए।

कुशल ब्यवसायी तथा एमाले लुम्बिनी प्रदेशको सल्लाहकार परिषद्का सदस्य समेत रहेका बस्यालले धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा एमालेसँग असहमति राखेका छन।

बस्यालले आफुले अझैपनि एमाले पार्टी छोडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाको विषयमा एमालेसँग असहमती रहेको बताएका छन। बस्यालले राप्रपाको राम्रो प्रभाव क्षेत्र रहेको भैरहवामा पूर्व राज्ञा ज्ञानेन्दको अभिनन्दनमा ३० हजार भन्दा बढि सर्वसाधारण सहभागी गराउने गरि तयारी भईरहेको बताएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट