४ महिनाअघि लभ म्यारिज, विहान श्रीमानको शव भेटियो, वेलुका श्रीमतीको पनि मृत्यु

जनकपुर– धनुषामा सोमबार मृत भेटिएका महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमती अस्मिताको पनि मृत्यु भएको छ। राधेको शवसँग गहुँबारीमा सख्त घाईते अवस्थामा भेटिएकी अस्मिताको उपचारका क्रममा सोमवार राती मृत्यु भएको हो।

२० वर्षीया अस्मिता शर्मालाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको थियो। उपचारका क्रममा सोमबार राति ११ बजे उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए।

चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो। विवाहपछि दुवै क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए। आईतबार राति १० बजेतिर राधे केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए। ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितालाई लिएर हिँडेका राधे बिहान ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए।

मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घाइते अस्मितलाई अर्को मोटरसाइकलमा रहेका तीन जना साथीले माइतीमा पु¥याइदिएका थिए। राधे मृत भेटिएको ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो। तर, दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरु अस्मितालाई माइत पु¥याएर भागेको पाइएको छ।

प्रहरीले भागेका तीनै जना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ। राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट