निर्माणाधीन घरको पाँचौ तलाबाट लडेका इञ्जिनियरको मृत्यु

पोखरा– पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ।

लेकसाइडमा निर्माणाधिन घरको लिफ्टबाट लडेर पोखरा–८ घर भएका इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो।

स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए।

मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट