रोनाल्डोको अल नासरले मेस्सीको मियामीलाई ६ गोल ठोक्यो, मियामीको लज्जास्पद हार

काठमाडौं– क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी अरेबियाको अल नासार क्लबले लियोनल मेस्सी आवद्ध रहेको इन्टर मियामी क्लबलाई लज्जास्पद हार दिलाएको छ।
बिहीबार राति साउदी अरेबियाको किङ्गडम एरिनामा भएको ेसँगको मैत्रीपूर्ण खेलमा मियामी पराजित भएको हो।
खेलमा अल नासारले ६–० को जित निकालेको हो। चोटका कारण रोनाल्डोले भने दर्शकदीर्घामा बसेर खेल हेरे, उनी खेल्न मैदानमा गएनन्।
मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेले। ६–० को अवस्थामा पुगिसकेको खेललाई उनले फर्काउन सक्ने स्थिति नै थिएन। यद्यपि साउदीका दर्शकले मेस्सीको खेल साउदीमै प्रत्यक्ष हेर्ने मौका भने पाएका छन्।
अल नासरले खेलको १२ मिनेटभित्रै तीन गोल गरिसकेको थियो। ब्राजिलियन खेलाडी टालिस्काले व्यक्तिगत ह्याट्रिक पूरा गर्दा ओटाभियोले टोलीको लागि गोलको खाता खोलेका थिए। त्यसपछि लापोर्टेले र मोहम्मद मारनले पनि एक–एक गोल थपेका थिए।