नेपाललाई एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

राजधानी– एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले हात पारेको छ। मलेसियामा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो। नेपालका जोय थापाले अविजित २४ रनको महत्वपूर्ण पारी खेले। एक समय ९२ रनमै ८ विकेट गुमाएको नेपाललाई थापाले जितसम्म पु¥याएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमै समेटिएको थियो। सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए।

नेपालका बलरहरू उत्कृष्ट लयमा रहे। अभय यादव र सुशील बहादुर रावलले समान ३–३ विकेट लिए। कप्तान विपिन शर्माले १ विकेट र शुभम खनालले २ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट