आफनै साथीद्वारा शिवसेना नेताको गोली हानी हत्या, फेसबुक लाइभमै गोली प्रहार

काठमाडौं– भारतमा शिवसेनाका नेताको गोली हानी हत्या गरिएको छ। पूर्वपार्षदसमेत रहेका नेता अभिषेक घोषालकरलाई मुम्बईमा गोली हानेर हत्या गरिएको हो।

गोली प्रहार हुँदा घोषालकर फेसबुकमा लाइभमा कुराकानी गरिरहेका थिए। घोषालकरमाथि उनकै साथी मोरिसले गोली चलाएका हुन। अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको जनाईएको छ।

अभिषेक र मोरिसबीच केही दिन अघि विवाद भएको थियो। आपसी विवाद नै हत्याको कारण हुनसक्ने अनुमान गरिएको छ। भारतीय मिडियाका अनुसार अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ। भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन्।

उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ। केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ। अभिषेक कराउँदै लडखडाएको देखिन्छ। तर गोली चलाउने व्यक्ति भने भिडियोमा देखिँदैन।

भारतीय मिडियाहरुका अनुसार अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका हुन्। अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन्। बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ। मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद छिन्। अभिषेक भने मुम्बईको दहिसर वार्ड नम्बर १ का पूर्व नगरसेवक हुन्। उनी मुम्बई बैंकको निर्देशकसमेत हुन्।

गत हप्ता पनि महाराष्ट्रको उल्हासनगरमा विशसेनाको एकनाथ शिन्दे गुटका नेता महेश गायकवाडमाथि प्रहरी स्टेसनभित्रै गोली प्रहार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट