ग्याँस सिलिण्डर पड्किँदा ग्यारेज सञ्चालककै मृत्यु, ४ जना घाइते

राजविराज– बाराको निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमवार ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।
निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा भएको ग्यास सिलिन्डर विस्फोटमा घाईते भएका ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगरको उपचारका क्रममा मृत्यु भएको हो।
बाराका प्रहरी डीएसपी दधिराम न्यौपानेका अनुसार घटनामा दुई भारतीय नागरिकसहित अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया