संसदमा सीके राउतले एलिना चौहानको गीत बजाउन माग गरेपछि…

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गौरमा नरसंहार गर्नेलाई कारवाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवतर्फ लक्षित गरेर गौर हत्याकाण्डमा मुछिएका ब्यक्तिलाई सरकारमा आफ्नो समर्थन हुन नसक्ने बताए। ‘यादवमाथि कारवाही गर्ने सरकारसँग ल्याकत छ ?’ भन्दै उनले आक्रोश पोखे।

‘तपाईंहरूलाई गौर नरसंहारबारे थाहा छैन होला मैले प्रतिवेदन प्रिन्ट गरेर ल्याइदिएको छु। त्यहाँ बलात्कार गरेर ज्यूँदै जलाएर गोप्य अंगमा भाला रोपेर २७ जनाको निर्मम हत्या गरिएको थियो।’ राउतले भने–‘तीनैसँग कुम जोडेर बस्नुभएको छ आज, उहाँमाथि कारवाही गर्ने तपाईँहरूको ल्याकत छ ? रोप्नेसँग कुम जोडेर बस्नेलाई विश्वासको मत दिन सक्दैनौं।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै विस्वासको मतका लागि घण्टौं वहस गर्नु भन्दा एलिना चौहानको गीत बजाउन आग्रह गरे। नेपालको राजनीतिमा धोकाको शृंखला चलिरहेको भन्दै उनले घण्टौं समय बिताउनुभन्दा गायिका चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ भन्ने गीत बजाइदिए पुग्ने बताए।

‘प्रधानमन्त्रीले विश्वासको मत माग्दाखेरि त्यसमा मत दिने कि नदिने विषयमा यहाँ जम्मा भएका छौं। सोही क्रममा हामीले सबै दलका कुरा सुन्यौं, घण्टौंसम्म कुरा सुन्दाखेरि लाग्छ, बरु एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो, लामो फेहरिस्त दिनै पर्दैनथ्यो’–उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट