सुन्ने जति सवैलाई ‘आफनै लागि लेखिएको’ जस्तो लाग्ने गीत ‘पीरै पिर’

राजविराज– राम्रो लाउने, मिठो खाने, मोजमस्ती गर्ने, राम्रो जीवन जिउने, परिवारलाई सुखमा राख्ने र सन्तानको भविष्य उज्ज्वल बनाउने चाहना कस्को हुँदैन र ? तर, यो चाहना सवकैको पुरा हुँदैन। त्यसमाथि गरिविले थिलथिलो भएको हाम्रो जस्तो मुलुकमा यी चाहना पुरा गर्न खोज्नु आम नागरिकका लागि दिवा स्वप्न मात्र हो।

पद र पावरको दुरुपयोग गरी सुन तस्करी गर्ने, आफनै नेपाली छोराछोरी र भाई वहिनीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने, राज्यको सम्पत्ति हडप्ने, राज्यले सित्तैमा दिने सेवा सुविधमा मोलमोलाई गरेर तथा सर्वसाधारण नागरिकलाई दुःख दिएर अकुत सम्पत्ति कमाउने वाहेक सामान्य नागरिकको जिवन विताउने नेपालीलाई विहान वेलुका हात र मुख जोड्नै समस्या छ।

यतिमात्र होईन, स्वदेशमा वसेर जिवन धान्नै नसक्ने अवस्था नेपालको तितो सत्य हो। त्यसैले सुख, सुविधा र मोजमस्ती निकै थोरैका लागि मात्रै वाहेक कोरा सपना मात्र हो। त्यसैले होला अहिले हालसालै सार्वजनिक भएको एउटा गीत अहिले निकै चर्चामा छ।

यदि तपाईले पनि यो गीत सुन्नु भएको छ भने तपाईलाई पनि लाग्न सक्छ, रचनाकारले मेरै लागि यो गीत लेखिदिएका हुन। काठे लोकभाकाको यो गीत अहिले धरैको मुखमा झुन्डिएको छ। गीतको शब्दले नै धेरैको मन जितेको छ। टिकटकको ‘ट्रेन्डिङ’ मा बाँकी सबै गीतलाई पछि पारेको छ।

युट्यूब र फेसबूकमा पनि यही गीत छाइरहेको छ। गीतका शब्दहरू साभार गर्दै धेरैले क्याप्सनसमेत राखिरहेका छन्। तीन साताअघि युट्यूब च्यानलमा अपलोड गीत करिब ४० लाखले हेरेका छन्। ‘फूल फुलेर के गर्नु भिरै भिरमा छ, जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ’ बोलको यो गीतका हरेक अन्तरा मन छुने छन्।

गायक भूपू पाण्डको शब्द, लय सङ्कलन र स्वर रहेको यो गीमा ठेट भाकाको गीतको एरेन्जर उनी आफैँ हुन। मौलिक बाजाको प्रयोग गरिएको गीतको भिडिओका मादल उनी आफैँ बजाएका छन्। भिडिओ पनि सामान्य छ। तर, गीत अत्यन्तै चलेको छ।

मध्यपश्चिममा जन्मिएका भूपू पाण्डेका रचनामा धेरैजसो युवाका कथा, बेरोजगारी, वैदेशिक रोजगारीका पीडा समेटिएका हुन्छन् । यो गीत पनि उस्तै भावमा छ। युवाहरूको ‘फ्रस्टेसन’ र उनीहरूको भनाइ समेटिएको छ।

यस्तो छन गीतका शब्द

फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ
पिरै पिरमा छ।

गारो भयो हजुर खुलेर हाँस्नलाई
बेरोजगारी हजुर भएर बाँच्नलाई

चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमी छ

न त पढाई हजुर न ठुलो लगानी
अब खाँडी हजुर जाने त होला नि

जोगी आउँछन् हजुर देवताको भेषमा
जनताभन्दा हजुर नेता छन् यो देशमा

फ्रस्टेसनले हजुर जाँड बोक्छु झोलामा
उमेर बित्यो हजुर चुरोट र भोलामा

विदेश जाँउ त हजुर लाग्दैन भिसा
उमेर पनि हजुर पुग्दैछ दुई बीसा

बाउ आमाको हजुर साहारा छोरो
कस्तो देशमा हजुर जन्मेछु मै मोरो

घरबारी हजुर राखेर बन्धकी
उधारोमा हजुर चल्दै छ जिन्दगी

एउटै डर हजुर लाग्दछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देश पनि

एर्पोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट