जसपाकी सांसद मन्जु अंसारीको निधन, ६ वर्षअघि नै गरेकी थिईन आत्महत्याको प्रयास

राजविराज — प्रतिनिधिसभा सदस्य (सांसद) मन्जु अन्सारीको आइतबार निधन भएको छ। विहान करिव ८ वजे उनको निधन भएको हो।

जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको पार्टीका नेता दिनेश यादवले जानकारी दिए।

जनता समाजवादी पार्टीको तर्फबाट तत्कालीन समानुपातिक सांसद सहनाज रहमानको हृदयघातकै कारण १३ फागुन २०७९ निधन भएपछि रिक्त स्थानमा मन्जु सांसद वनेकी थिईन।

पार्टीको सिफारिसमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारी ६ चैत ०७९ मा प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन्।

उनी सप्तरीको राजविराज नगरपालिका– ४ निवासी राजविराज नगरपालिकाका पूर्वमेयर अनिस अन्सारीकी कान्छी श्रीमती हुन। तर, उनीहरुको बीचमा हाल सम्बन्ध विग्रिएको स्थानीयहरु वताउँछन्। पछिल्लो समय राजनीतिक रुपमा पनि उनीहरु दुई पार्टीमा थिए।

अनिस अन्सारी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य छन् भने मन्जु जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन्। १९ माघ ०२० मा जन्मिएकी अन्सारीले सद्भावना पार्टीमा आबद्ध भई ०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरु गरेकी थिईन।

०४६ सालदेखि २०५६ सम्म उनी उपत्यका महिला इन्चार्जको जिम्मेवारीमा समेत थिईन। परिवारमा कलह वढेपछि उनले ५/६ वर्ष अगाडी स्टोभको मटितेल खन्याएर आगो लगाई आत्महत्याको प्रयास पनि गरेको उनी निकटकाहरुले वताएका छन्।

काठमाण्डौमा करिव २ महिना अस्पतालमा राखेर उनलाई उपचार गरिएको थियो। त्यसै वेलादेखि उनी काठमाडौं वस्दै आएकी थिईन। शान्तिनगरमा उनले छात्राबास संचालन गरेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट