छिन्नमस्तामा फालेको बोरा चेकजाँच गर्दा १ क्विन्टल गाँजा बरामद
राजविराज — सप्तरीमा प्रहरीले मंगलबार १ सय २० किजी गाँजा बरामद गरेको छ।
मंगलबार दिउँसो छिन्नमस्ता गाउँपालिका ३ महुवाबाट गाँजा बरामद भएको हो। नहरको बाटोमा टाउकोमा तीनबोरा सामान लिइ जाँदै गरेकाहरु ब्यक्तिहरु प्रहरीलाई देखेपछि बोरा फालेर फरार भएका थिए।
फालिएको बोरा चेकजाँच गर्दा गाँजा बरामद भएको र इलाका प्रहरी कार्यालय सखडामा ल्याई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका एसपी श्यामकुमार महतोले जानकारी दिए।
प्रतिक्रिया