घरपैंचोमा झगडा गरेर साथीको हत्या गरी फरार भएका तीन जना १६ वर्षपछि पक्राउ

विराटनगर– मोरङको मिक्लाजुङ–१ का ३८ वर्षीय सन्तोष राईको कुटपिट गरी हत्या गरेको कसुरमा सजाय तोकिएपछि फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिक्लाजुङ गाउँपालिका–१ (साविक रमितेखोला–४) का ४८ वर्षीय जितबहादुर राई, ४१ वर्षीय गंगा भन्ने ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राईलाई प्रहरीले पक्राउ गरेको हो।

जित बहादुर र गंगालाई सोमबार गाउबाटै र लक्ष्मणलाई मंगलबार बिहान झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अदालतको आदेश अनुसार उनीहरुलाई मंगलबार नै मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार २० जेष्ठ ०६४ मा मिक्लाजुङ–१ का हर्कराज राईको घरपैँचोमा विवाद हुँदा सन्तोषमाथि कुटपिट भएको थियो। उनको मृत्यु भएपनि मिक्लाजुङ–१ स्थित केमुना भञ्ज्याङको जङ्गलमा खाल्डो खनेर पुरी तीनैजना फरार भएका थिए।

प्रहरीले उनीहरुविरुद्ध दर्ता गरेको मुद्दामा मोरङ जिल्ला अदालतले १८ फागुन ०७७ मा जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालत विराटनगरले २३ फागुन ०७८ र सर्वोच्च अदालतले १६ साउन ०८० मा जिल्लाकै फैसला सदर गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट