नेपालपछि भारतीय मूलका क्रिकटेरमाथि पनि लाग्यो बलात्कारको आरोप, कारमै बलात्कार

काठमाडौं– नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको कसुरमा सजाय हुँदा भारतीय मुलका क्रिकेटर निखिल चौधरीमाथि पनि बलात्कारको आरोप लागेको छ।

उनीमाथि एक अस्ट्रेलियाली युवतीलाई कारमै बलात्कार गरेको आरोप लागेको छ। ती युवतीले नै निखिलमाथि बलात्कारको आरोप लगाएकी हुन्। निखिलले आरोप निराधार भएको बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुद्दा अस्ट्रेलियाको टाउन्सभिल जिल्ला अदालतमा सुनुवाइ हुनेछ। पीडित युवतीका आफन्तले आफूले बलात्कार भएको भन्दै युवती रोएको देखेको जिल्ला अदालतमा बताएका छन्।

निखिलले कारमै युवतीलाई बलात्कार गरेको ती आफन्तको दाबी छ। घटना फ्लिन्डर्स स्ट्रिटमा भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट