लिटरमै ४ रुपैयाँले वढ्यो पेट्रोलको मुल्य, डिजल, मट्टितेल र ग्याँसको मुल्य यथावत

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बढाएको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ४ रुपैयाँले बढाउने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो। काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ। यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो।

सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ। डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने हेरफेर भएको छैन।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ। तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट