टाउकोमा बन्चरोले हानेर सौताको हत्या, पानीघट्टभित्र भेटियो शव

काठमाडौं– डोटीको बडीकेदार गाउँपालिका–२, कोटकेलाकी ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले उनकै सौता ३७ वर्षीया यमुना घर्तीमगरलाई पक्राउ गरेको छ।

दुर्गा स्थानीय दलबहादुर घर्तीमगरकी जेठी श्रीमती हुन भने यमुना कान्छि। दुर्गा र यमुना १२ चैतको दिउँसो ‘पानीघट्ट’ जाने भनेर हिडेका थिए। तर, दुर्गा भने फर्किएर नआएपछि खोजी सुरु भएको थियो।

सोही क्रममा १३ चैतको बिहान टकेनाखोलामा रहेको पानीघट्टभित्र दुर्गालाई मृत अवस्थामा फेला पारिएको थियो। मृतककी भाइबुहारी डम्मरी थापामगरले १४ चैतमा यमुना घर्तीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएकी छिन्।

जिल्ला प्रहरी कार्यालय डोटीले यमुनालाई पक्राउ गरेको छ। सई नारायणसिहं नेगीका अनुसार ढुङ्गा, हँसिया र बञ्चरोले टाउँकोमा हानेर दुर्गाको हत्या गरेको यमुनाले बयान दिएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट