कार्यालयमा विदा मागेर प्रहरी जवानले गरे आत्महत्या, जामुनको रुखमा झुण्डिएको थियो शव

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत फेला परेका छन्।
दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विकलाई बुधबार साँझ मृत अवस्थामा फेला पारिएको हो।
धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनको जामुनको रुखमा झुण्डिएको अवस्था उनको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको परिवार धनगढीमा बस्दै आएको थियो। उनी कार्यालयबाट बिदा मागेर धनगढी पुगेको जनाईएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
प्रतिक्रिया