श्रीमतीसँग अनैतिक सम्वन्ध राखेको आशंकामा एक प्रहरीद्वारा भारतीय युवकमाथि छुरा प्रहार

विराटनगर– आफनो श्रीमती मोटरसाईकलमा राखेर भगाउँदै गरेको देखेपछि मोरङमा एक प्रहरीले भारतीय युवकमाथि छुरा प्रहार गरेका छन्।

मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति नेपाल प्रहरीका सहायक हवल्दार दुसेन्त राजवंशीले छुरा प्रहार गरेका हुन। विराटनगर महानगरपालिका–२ घर भएका राजवंशीको छुरा प्रहारबाट भारतको अररिया जोगवनीका ३१ वर्षीय मोहमद सलमान घाइते भएका छन्।

सलमानको घाँटी र दायाँ हातका ४ वटा औंलामा चोट लागेको छ। उनी बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत छन्। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार सहायक हवल्दार राजवंशीलाई छुरासहित पक्राउ गरिएको छ।

कोशी प्रदेश प्रहरी गण रानी विराटनगर दरबन्दी भएका राजवंशी अस्थायी प्रहरी पोस्ट आयल निगममा कार्यरत थिए। आफ्नी श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा राजवंशीले भारतीय नागरिक सलमानमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

राजवंशीकी श्रीमतीको माइती बूढीगंगा हो। प्रहरीका अनुसार श्रीमतीलाई मोटरसाइकलमा राखेर माइती घरतिर लैजाँदै गरेको अवस्थामा भेटेपछि सहायक हवल्दार राजवंशीले सलमानमाथि छुरा प्रहार गरेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट