छोराले छिमेकी किशोरी भगाएपछि ५५ वर्षीया आमालाई नाङ्गेझार पारेर गाउँ घुमाईयो

राजविराज– भारतको पञ्जावस्थित तरनतारन जिलाको एउटा गाउँमा छिमेकी किशोरी भगाएर विवाह गरेको रिस फेर्न केटाकी ५५ वर्षीया आमालाई अर्धनग्न पारेर गाउँ घुमाईएको छ।

भारतीय मिडिया पत्रिका (पत्रिका डटकम) का अनुसार यो घट्ना ३१ मार्चमा भएको हो। स्थानीय प्रहरीका अनुसार वल्टोहा गाउँका एक किशोरले छिमेकी किशोरीलाई भगाएर विवाह गरे। जुन विवाहमा किशोरीको परिवार असन्तुष्ट थियो।

त्यसपछि किशोरीका परिवारले केटाकी आमालाई कुटपिट गरे। यतीमात्रै होईन, उनलाई कपडा खोलेर अर्धनग्न पारी गाउँ घुमाएको भीडीओ सामाजिक सञ्जालमा भाईरल भएको छ। सडकमा निकालेर महिलालाई घुमाउने क्रममा कसैले भीडीओ खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि घट्ना प्रहरीसम्म पुगेको छ।

पीडित महिलाका अनुसार उनी आफनो घरमा एक्लै भएका वेला हुल वाँधेर आएका किशोरीका परिवारले कुटपिट र अभद्र ब्यवहार गरेका हुन। उनले ५ जनालाई प्रतिवादी बनाएर प्रहरीमा उजुरी दिएकी छिन्।

ती मध्ये ३ जनालाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ। वरिष्ठ पुलिस अधीक्षक अश्वनी कपूरले कुलविन्दर कौर मणि, शरणजीत सिंह शन्नी र गुरचरण सिंहलाई पक्राउ गरिएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट