आलु महोत्सवमा प्रकाश दुतराजलाई ‘किस’को वर्षा, स्टेजमै ‘किस’ खाने युवतीहरु को हुन ?

काठमाडौं– साङ्गीतिक क्षेत्रका उदयमान गायक प्रकाश दुतराज युवा पुस्ताले अत्याधिक रुचाएका कलाकार हुन। स्थापित कलाकारहरू समेत उनको प्रशंसा गर्न पछि पर्दैनन। यही लोकप्रियताले कहिलेकाही उनलाई समस्यामा पनि पार्ने गरेको छ।

केही दिनअघि स्टेज कार्यक्रमका लागि पोखरा पुगेका उनीमाथि अनौठो घट्ना भएको छ। उनी ‘हेम्जा आलु महोत्सव’मा पोखरा पुगेका थिए। महोत्सवमा गीत गाउँदा गाउँदै उनलाई स्टेजमा आएर केही युवतीले किस गरे।

गीत गाइरहँदा ४–५ जना युवती पालैपालो स्टेजमा उक्लेर उनलाई किस गर्दै भागेका थिए। यो भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। कलाकारलाई फ्यानहरू घेर्नु, फोटो खिचाउनु स्वाभाविक हो।

स्टेज कार्यक्रममा जाँदा फ्यानहरूको घेराउमा पर्नु दूतराजका लागि पनि नौलो कुरा होईन। तर, यो स्तरको ‘क्रेज’ भने पहिलो पटक देखिएको हो। उनी मात्र होईन, कलाकारहरुलाई चुम्बन नै गर्ने गरीको क्रेज यो भन्दा अगाडि नदेखिएको कतिपय अग्रज कलाकारहरु नै वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट