६ किलोमिटरको फरकमा टाउको र शरीर फेला परेका युवकका हत्यारा ८ महिनापछि पक्राउ

सर्लाही– एक भारतीय युवकको घाँटी काटेर शरीर सर्लाहीको जंगलमा र टाउको त्यसको ६ किलोमिटर टाढा लखन्देही खोलामा फालेर फरार भएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गत २५ साउनमा हरिवन नगरपालिका–४, स्थित पूर्व पश्चिम राजमार्गको लखन्देही पुलमुनि बेवारिसे पुरुषको टाउको फेला परेको थियो। ती ब्यक्तिको शरीर भने गायव थियो। त्यसको दुई दिनपछि ९२७ साउन० लालबन्दी नगरपालिका–१७, स्थित पूर्व पश्चिम राजमार्ग नजिक रानिगन्ज जंगलमा घाँटीभन्दा तलको भाग ९शरीर० पनि फेला पर्यो।

प्रहरीले अनुशन्धान गर्दा टाउको र शरीर एकै ब्यक्तिको रहेको र उनी भारतको सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा नं। ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको खुल्यो। परिवारका सदस्य आएर शवको सनाखत पनि गरे।

शवको अवस्था र घट्नास्थलको प्रकृतिका आधारमा अभिशेकको हत्या भएको स्पष्ट देखियो। तर, हत्या कस्ले र किन गर्यो भन्ने खुल्न सकेको थिए। अनुशन्धानकै क्रममा प्रहरीले अभिषेकको हत्या भारतको सितामढी सोनवर्षा थाना ग्राम पञ्चायत पुरनदहा राजवडा पश्चिम वडा नं। ५ का २७ वर्षीय रन्जित कुमार बैठाले गरेको केही प्रमाणहरु फेला पार्यो।

तर, वैठा फरार रहेकाले लामो समयसम्म यो घट्ना चर्चाविहिन रह्यो। हालै प्रहरीले वैठालाई पक्राउ गर्न सफल भयो। सदरमुकाम मलंगवा नगरपालिका–८, गोरखकालीस्थित नेपाल–भारत सीमा नजिकै लागिरहेको महायज्ञसहितको मेलामा घुमिरहेका उनी पक्राउ परेपछि घट्ना फेरी चर्चामा आएको छ।

वैठालाई पक्राउ गरेपछि घट्नाको थप अनुशन्धान सुरु भएको सर्लाही प्रहरीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मृतकका पिता राम दिवाकरका अनुसार २० साउनमा अभिशेष आफ्ना ४ जना छिमेकी साथिहरुसँग घुम्न भनेर सर्लाही हिँडेका थिए। अभिषेकको हत्यापछि ती चारै जना सम्पर्कविहिन भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट